११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

आज देशभर सामान्य वदली हुने मौसमविदको अनुमान



काठमाडौं ।
देशभर सोमबारको मौसममा आंशिक देखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कडेँलले सोमबार दिउँसो पारिलो घाम लाग्ने सम्भावना कमै देखिएकोले चिसो बढी महसुस हुन सक्ने बताइन् ।
उनले देशभर नै बदलीको सम्भावना रहेकोले केही स्थानमा क्षणिक वर्षा हुने सम्भावना रहेको जानकारी दिइन् । मौसमविद कडेँलका अनुसार देशका केही उच्च पहाडी भूभागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना पनि रहेको छ ।
काठमाडौँ उपत्यकामा सोमबार बिहानको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ भने अधिकतम तापक्रम १५ देखि १७ डिग्रीको बीचमा रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ पुस २०७५ सोमबार ००:००  २ : ५६ बजे