२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

पिङबाट खसेर युवकको मृत्यु



पर्वत ।

पिङ खेल्ने क्रममा पिङबाटै खसेर पर्वतमा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टका अनुसार जिल्लाको कुश्मा नगरपालिका १ पाङस्थित ततरकोटका २४ वर्षीय संजय परियारको मृत्यु भएको हो।

मंगलबार साँझ करिब ५ बजेको पिङ खेल्दै गर्दा हात फुस्किएर जमिनमा बजारिएका परियारको टाउकोमा गम्भीर चोट लागेको थियो। लगत्तै उनलाई उपचारको लागि पर्वत अस्पतालमा लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

पाङका स्थानीय जयकृष्ण सुवेदीका अनुसार परियारको परिवारमा तीन वर्षीय र १५ महिने गरेर दुई छोराहरु, श्रीमती र आमा छन्। आर्थिक अवस्था निकै कमजोर रहेको परिवारका आवश्यकता टार्न संजयकै भर थियो। उनको मृत्युले परिवार थप सङ्कटमा परेको छ।

प्रकाशित मिति : २३ आश्विन २०८१ बुधबार ००:००  २ : ३२ बजे