७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा



काठमाडौं ।

कोशी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । कोशीमा आंशिकदेखि साधारणतया बदली रहँदा देशका अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र मधेश प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोश र मधेस तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव कायमै छ।

प्रकाशित मिति : २३ आश्विन २०८१ बुधबार ००:००  ७ : ०० बजे