भैरहवा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा दल परिवर्तन गरेर उम्मेदवार बन्ने नेताहरूको सङ्ख्या उल्लेख्य देखिएको छ । टिकट नपाएको असन्तुष्टि, राजनीतिक समीकरण र व्यक्तिगत रणनीतिका कारण नेताहरू अन्तिम समयमा दल फेरेर प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसका पूर्वसांसद प्रमोद यादव रुपन्देही क्षेत्र नं। ४ बाट टिकट पाउने अपेक्षामा हुनुहुन्थ्यो…