काठमाडौं ।रियल म्याड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ। साउदी अरेबियाको अल हिलालमाथि ५–३ को जित निकाल्दै स्पेनिस क्लब रियल म्याड्रिड पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो। मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा शनिबार राति रियललाई च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २-२ तथा कप्तान करिम बेन्जेमाले एक गोल गरे। अल हिलालका लुसियानो डारियो…