२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

लोकदोहोरी गायक भीम पौडेलको निधन

काठमाडौं ।लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङ्जा खुदी घर भएका उहाँको गएराति निधन भएको परिवारका सदस्यले बताएका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उहाँ केही समयदेखि बिरामी हुनुहुन्थ्यो । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ लाइभ दोहोरीमा लोकप्रिय हुनुहुन्थ्यो ।