९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही ।सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित लखन्देही पुलमा बुधबार मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। नवलपुरबाट हरिवनतर्फ जाँदै गरेको ना ६३ प ५६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मलंगवा नगरपालिका–७ मुसैलीका ७० वर्षीय रामविलास महतो गम्भीर घाइते भएका थिए। उपचारका लागि वीरगन्जमा उनको मृत्यु भएको इलाका प्रहरी…