१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

कर्नाटकमा बस र ट्रक ठोक्किदा ११ जनाको मृत्यु



काठमाडौँ ।
भारतको कर्नाटकस्थित चित्रदुर्ग जिल्लामा भएको एक सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

नेशनल हाइवे ४८ क्षेत्रमा उक्त दुर्घटना भएको हो । चित्रदुर्गका जिल्ला अधिकारीले भारतीय सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार उक्त दुर्घटना बुधबार राति करिब सवा २ बजेतिर भएको हो ।

बेङ्लुरुबाट गोकर्णतर्फ जाँदै गरेको र अगाडि बाट आउँदै गरेको ट्रक एक आपसमा ठोक्किएका थिए । त्यसपछि बसमा आगलागी भएको हो ।

बस स्लीपर कोचको हो । जसमा ३२ जना पर्यटक थिए । हालसम्म ११ जनाको शव पहिचान भएको छ । सबै घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : १० पुस २०८२ बिहिबार ००:००  १० : ०४ बजे