काठमाण्डौ । तराईका केही ठाउँमा आज दिनभर हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र पश्चिम तराईमा हुस्सु तथा मधेश प्रदेशमा कुहिरो लागेको छ । भोलि र पर्सि पनि तराईमा हुस्सु र कुहिरो प्रभाव कायमै रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । देशभर पश्चिमी वायूको आंशिक प्रभाव छ ।…