काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार करिब अन्तिम चरणमा पुगेको छ । साढे ७ वर्षदेखि सडकमा धुलो–हिलो र घण्टौँ लामो जामको सास्ती खेप्दै आएका यात्रुहरूका लागि अबको केही महिनाभित्रै राहत मिल्ने देखिएको छ । पटक–पटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुन नसकेर आलोचित बनेको यो आयोजनाको भौतिक प्रगति अहिले ७६ प्रतिशत पुगेको छ…