२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

भूकम्पमा परि ज्यान गुमाएका ६ जनाकै सनाखत, स्थानीयले चौरमा रात बिताए

डोटी । डोटीमा भूकम्पमा परेर ज्यान गुमाएका ६ जनाको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार भूकम्पमा परि पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ५० वर्षीय पदम बोहराको घर भत्किदा उहाँकी ४० वर्षीया श्रीमती भगवतीदेवी बोहरा, ८ वर्षका छोरा हर्क बोहरा, १३ वर्षीया छोरी सिता बोहराको ज्यान गएको…