२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

समयमा उपचार नपाउँदा सुत्केरी महिलाको मृत्यु

हुम्ला । समयमा उपचार नपाउँदा हुम्लामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अदानचुली गाउँपालिका– ५ काँखे भन्ने गाउँका किसान शाहीकी श्रीमती रङ्गिता शाही रहेकी छन् । यद्यपि जन्मिएको शिशुको भने अवस्था सामान्य रहेको सोही वडाका वडाअध्यक्ष कमल बहादुर छत्यालले जानकारी दिए । सोमबार बिहानै बेथा लागेर दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म…