२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

अछाम पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १७ पुग्यो

अछाम । अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ। अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ। यस्तै छ जना बेपत्ता छन्। उनका अनुसार घाइते ११ जनाको उद्धार गरी…