७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

साफ महिलाः भुटानलाई हराउँदै बंगलादेश फाइनलमा



काठमाडौं ।
भुटानलाई ८-० को फराकिलो अन्तरले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।

बंगलादेश २०१६ पछि पहिलो पटक फाइनल प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा ४-० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा ४ गोल थप्दै भुटानमाथि फराकिलो जित दर्ता गरेको हो ।

बंगलादेशलाई फाइनल पुर्‍याउन कप्तान सबिना खातुनले प्रतियोगिताको दोस्रो ह्याट्रिक गरिन् ।

बंगलादेशसँगको यो हारसँगै पहिलो पटक सेमिफाइनल पुगेको भुटान सेमिफाइनलबाटै बाहिरिएको छ ।

दशरथ रंगशालामा हुने दोश्रो सेमिफाइनलमा साँझ ५स्३० बजे नेपालले भारतसित खेल्ने छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९ शुक्रबार ००:००  ३ : १९ बजे