७ असार २०८३, आइतबार | Sun Jun 21 2026

फोर्ब्सः विश्वकै दोस्रो धनाढ्यमा भारतका अडानी, पहिलोमा मस्क नै



काठमाडौं ।
भारतका उद्योगपति गौतम अडानी आज शुक्रबार फोर्ब्सको धनाढ्य सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्।

फ्रान्सका धनाढ्य बर्नार्ड अर्नाल्टलाई पछाडी पार्दै भारतका अडानी विश्वको दोस्रो धनाढ्य बनेका हुन्।

टेस्ला कम्पनीका मालिक इलोन मस्क भने अझैपनि विश्वका पहिलो नम्बरका धनाढ्य हुन्। यो सूचीको चौथो नम्बरमा जेफ बेजोस छन् भने पाँचौं स्थानमा बिल गेट्स छन्।

फोर्ब्सका अनुसार अडानीको सम्पत्ति १५४.६ अर्ब अमेरिकी डलर पुगेको छ। उता मस्कको सम्पत्ति २७३.५ अर्ब अमेरिकी डलर छ।

भारतकै धनाढ्य अम्बानी भने धनाढ्य सूचीको आठौं स्थानमा छन्। उनको सम्पत्ति ९२.१ अर्ब डलर रहेको छ। बीबीसी

प्रकाशित मिति : ३१ भदौ २०७९ शुक्रबार ००:००  ३ : २४ बजे