काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा वर्षा भैरहेको छ । आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशका धेरै ठाउँहरुमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।…