१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा हिमपात



ताप्लेजुङ ।

प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । हिजो हल्का वर्षा भएसँगै बेलुकादेखि हिउँ परेको हो । हिमपातसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताउनुभयो ।

आज शनिवार मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको छ । समितिले जाडोबाट बच्न तथा सतर्कता अपनाउन तीर्थयात्रीलाई अनुरोध पनि गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदलीको सम्भावना छ । कोशी र गण्डकीको उच्च हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ । देशका अरू ठाउँमा आजको मौसम सफा नै रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८२ शनिबार ००:००  १२ : ३४ बजे