१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

लुम्बिनी प्रदेश प्रमुखद्वारा प्रदेशको सातौं अधिवेशन आह्वान



दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन मङ्सिर ८ गते बस्ने भएको छ ।  प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश सरकारले सिफारिस गरेको आधारमा प्रदेश प्रमुख घर्तिले आगामी मङ्सिर  ८ गते सोमबार दिउँसो १ बजे अधिवेशन बस्ने गरी आह्वान गर्नुभएको हो ।

उहाँले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम (३) बमोजिम प्रदेस सभा सदस्यहरूलाई जानकारी गराइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले उक्त जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ मंसिर २०८२ शनिबार ००:००  १० : २२ बजे