कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाले विद्यालयका छात्राहरुलाई निःशुल्क साइकल वितरण गरेको छ । विद्यालयमा कक्षा ९ र ११ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरेको हो । तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि गाउँपालिकाले छात्रालाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर…