७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

युवतीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ



बारा ।

अपहरण, शरीर बन्धक, बलात्कार एवम् मानव वेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका– ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अन्सारी रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार अन्सारी समेत ३ जनाले २०७७ फागुन ५ गते बेलुकी १६ वर्षीया किशोरीलाई कलैया उपमहानगरपालिका–१ बाट अपहरण गरी भारतको लुधियाना पुर्याएका थिए ।

लुधियानामा बन्धक बनाई बलात्कार तथा मानव वेचबिखन तथा ओसार पसार समेतको कसूर गरी फरार रहेको घटनामा संलग्नमध्ये अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कलैया उपमहानगरपालिका–५ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशनुसार मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय वीरगंजमा पठाइएको छ ।

प्रकाशित मिति : ८ असार २०७९ बुधबार ००:००  १ : ५१ बजे