कपिलवस्तु ।वाणगंगा नगरपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अद्यावधिकको लागि मंगलबार आयोजित कार्यक्रममा सरोकारवालाले सल्लाह सुझाव दिएका छन् । कार्यक्रम वाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा भएको थियो भने विपद् समितिका सदस्य सचिव शान्ताराज आचार्यले संचालन गरेका थिए। विपद् योजनाले आ.व. २०८१।०८२ देखि २०८६।०८७ सम्मका लागि विभिन्न विपद् र जलवायु उत्थानशीलताका उपायहरूलाई समेटेको छ।…