मायादेवी अनलाइन, चार नम्बर ।मानवाधिकार तथा शान्ति समाज कपिलवस्तुले बाणगंगामा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले चालेकोे अलोकतान्त्रिक र असंवैधानिक संसद विघटनको विरुद्धमा ४ नम्बर चोकमा बुधबार शान्तिपूर्ण प्रदर्शन गरेको हो । बिभिन्न प्ले कार्डहरुसहित मानवअधिकारकर्मीहरुले एकैछिन प्रदर्शन गरेका थिए । प्रदर्शनपछि भनाई राख्दै केन्द्रिय बरिष्ठ उपसभापति गोविन्द खनाल र केन्द्रिय सदस्य कृष्ण पङ्गेनीले…