१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

काठमाडौँ । काठमाडौंमा २७ सहित थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ९३ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।