काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रले अझै गाँस, बास र कपासको ग्यारेन्टी नगरेको बताएका छन् । ‘हामीले २०६२-०६३ को आन्दोलनबाट लोकतन्त्रको स्थापना गर्यौँ, गणतन्त्र स्थापना गर्यौँ । तर गणतन्त्रले अझै गाँस बास र कपासको ग्यारेन्टी गरेको छैन,’ उनले भने, ‘हामीलाई यसको ग्यारेन्टी गर्ने भनेको समाजवादी लोकतन्त्र…