भारत । भारतको राजस्थानस्थित जोधपुर जिल्लाको फलोदीमा आइतबार साँझ भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। मातोडा पुलिस थाना क्षेत्र अन्तर्गत भारत माला हाइवेमा सडक किनारमा रोकिएको एउटा ट्रेलरमा टेम्पो ट्राभलर गाडी ठोक्किएको हो। टेम्पो ट्राभलरमा सवार सबै यात्रु जोधपुरको सुरसागरका बासिन्दा थिए।उनीहरू कोलायतमा रहेको एक आश्रमबाट दर्शन गरी फर्कंदै थिए। राजस्थानका मुख्यमन्त्री भजनलाल…