ललितपुर ।जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मंगलबार बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म कर्फ्यु लागू हुने गरी आदेश जारी गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम ललितपुर महानगरपालिका–२, ४, ९, १८ र २५ का विभिन्न क्षेत्रमा कर्फ्यु लागू हुने जनाइएको छ…