काठमाडौँ ।
पहिरो पन्छएपछि नागढुंगा-मुग्लिन सडक खुलेको छ।
जवाङ खोलामा खसेको पहिरो हटाएर यातायात खुलाइएको सडक डिभिजन भरतपुरले जनाएको छ।
तुइनखोला पुलनजिक खसेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडकमा भने एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
हेर्नुहोस् सूचना
मिति- २०८२/०६/१८ गते शनिबार
समय- बिहान ७ः१० बजे।
मुग्लिन-नारायणगढ सडकखण्डमा पानी परिरहेको छ, तुइनखोला पुलनजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी सञ्चालनमा रहेको छ। पानी परिरहेको र यस खण्डमा जोखिम बढेकोले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्नुहुन र गर्नैपर्ने भए कृपया जानकारी लिएर सुरक्षा निकायको समन्वयमा मात्रै सावधानीपूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रु महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
मुग्लिन-नागढुंगा सडकखण्डको जवाङ खोलानजिकै खसेको पहिरो हटाई हाल आवागमन सुचारु भैसकेको छ।
-सडक डिभिजन भरतपुर







प्रतिक्रिया