बारा ।
मकवानपुर र बाराको सीमा क्षेत्र चुरियामाईमा बसले दुई वटा मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । ना ७ ख ८५३७ नम्बरको यात्रुबाहक बसको ब्रेक फेल हुदाँ दुई वटा मोटरसाइकलमा ठक्कर दिएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
घाइते मध्ये दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिपकुमार थापाले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा फेटा गाउँपालिका–१ भरवलिया बस्ने २५ वर्षीय मकेश्वर पटेल र २६ वर्षीया कविता देवी छन् । घाइतेहरुको उपचार भइरहेको र बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया