काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको छ। बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका हुन्। ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन्। निषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौं। स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गयौं,…