३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

झलनाथ खनाललाई भेट्न प्रचण्ड पुगे डल्लुमा




काठमाण्डौँ ।

नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डल्लु पुगेका छन्।खनालको निवासमा पुगेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डको सचिवालयले जनाएको छ। खनाललाई भेट्न आज बिहान प्रचण्ड उनकै निवास डल्लु पुगेका थिए।खनाल भारतमा उपचार गरेर केही दिनअगाडि स्वदेश फर्केका हुन्। नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रकाशित मिति : १६ भदौ २०७८ बुधबार ००:००  ९ : ५९ बजे