बुटवल ।लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय झन्डा ओढाएका हुन् । त्यस्तै नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । पार्टीका अगुवा नेता,कार्यकर्ता, परिवारका सदस्य, आफन्तहरूको उपस्थितिमा आर्यघाटमा शोक सभा समेत गरिएको थियो ।…