रामपुर । पाल्पाको रामपुर नगरपालिकामा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु भएको छ । रामपुर–२, सेरा बस्ने ५७ वर्षीया दानुकुमारी रावतको स्याउला काट्ने क्रममा अरिङ्गालले टोकेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीका अनुसार शुक्रबार दिउँसो घरदेखि पश्चिमतर्फ रहेको वनमा स्याउला काट्ने क्रममा कदमको बोटमा रहेको कालो अरिङ्गालले टोकेर उहाँ गम्भीर…