२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

पहिरोले कर्णाली राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

काठमाण्डौ । कर्णाली राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध छन् । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डमा कालीकोटको गगनेखोला र बिहानीमा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र खाडाँचक्र नगरपालिका–५ बिहानीमा हिजो परेको पानीले पहिरो झरेपछि सडक बन्द छ । अहिले पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।…