काठमाण्डौ ।पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द भएको छ । विनयी खोलामा पानीको बहाव धेरै भएकाले गाडी चल्न नसकेको नवलपरासी प्रहरीले जनाएको छ । अस्ति राति डाइभर्सन बगाएर बन्द भएको सडक हिजो दिउँसोपछि केही खुलेको थियो । ६ महिनाअघि दुम्कीबासको विनयी खोलामा रहेको फलामे पुल भाँच्चिएपछि त्यहाँ डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएको छ…