बझाङ । बझाङमा पहिरोमा पुरिएकाहरुको उद्धारको लागि गएको नेपाली सेनाको गाडी दुघर्टनामा परेको छ । १५ जना बोकेको सेनाको जीप केदारस्युँ गाउँपालिकाको वागथलामा दुघर्टना हुँदा तीन जना घाइते भएका छन् । पहिरो गएको ठाउँ केदारस्युँको मल्लेखी जाने बाटो निकै खराब रहेकाले उद्धारकर्मी पुग्न अफ्ठ्यारो भइरहेको छ ।पहिरोमा परि बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको छ…