१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी, १८ भदौ । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक जनाको ज्यान गएको छ । धरानको छाताचोकमा को १ च ७६४५ नम्बरको एम्बुलेन्सको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा ज्यान गएको हो । मर्तकको परिचय नखुलेको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको छ ।