काठमाडौं । मुस्लिम धर्मावलम्बीले सामाजिक दूरी कायम गर्दै घर घरमै रही एक महिने कठोर रमजान व्रत शुरु गरेका छन् । इस्लामिक पात्रोअनुसार नवौँ महिनामा रमजान व्रत गर्ने विधि रहेको घण्टाघरस्थित नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले जानकारी दिए । एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । व्रतका बेला मुस्लिम समुदायले…