काठमाडौं । काठमाडौंबाट बाहिरिने यात्रु सामान्य अवस्थाको तुलनामा ४ गुणासम्म वृद्धि भएका छन् । सरकारले अत्यावश्यक बाहेकका कार्यालयहरूलाई बिदा दिएसँगै यस्तो भएको हो । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले चालेको कदम र सोमबारदेखि लामो दूरीका सवारी साधन नचल्ने निर्णयसँगै काठमाडौं बाहिर जाने यात्रुको घुइँचो देखिएको हो । शनिबार मात्रै काठमाडौंबाट करिब २ लाख…