काठमाण्डौ । पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक लोहार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिनुभयो…