७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

आज अन्तराष्ट्रिय खुसी दिवस, खुसी जति कोरोनाले खोस्यो



काठमाण्डौँ । आज अन्तराष्ट्रिय खुसी दिवस। तर यस पटक विश्वको खुसीमा कोरोनाको ग्रहण लागेको छ। यद्यपि मानिस खुसी हुने उपायको खोजी गरिरहेकै छन्। संयुक्त राष्ट्रसङ्घले गरिबी र असमानता हटाउँदै हाम्रो पृथ्वीको संरक्षण गर्न दिगो विकास लक्ष्यका १७ उद्देश्यले सघाउने र विश्वमा खुसी ल्याउने अवधारणा खुसी दिवसको रहेको प्रस्ट्याएको छ। सन् २०१२ जुलाईमा मार्च २० लाई अन्तर्रा्ष्ट्रिय खुसी दिवस मनाउने घोषणा भएको थियो। फिनल्यान्ड विश्वमै सबैभन्दा खुसी देश हो। तर कोरोना भाइरसको सङ्क्रमणले त्यहाँका मानिसको खुसीलाई निराशामा बदल्दैछ। पछिल्लो समय कोराना सङ्क्रमितको सूचीको २५औँ स्थानमा फिनल्यान्ड छ । त्यहाँ चार सय भन्दा बढीमा सङ्क्रमण भइसकेको छ । खुसी देशको दोस्रो स्थानमा रहेको डेनमार्कमा यति बेलासम्म एक एक सय ५१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि पहिलेको खुसी हराउँदैछ। बढी सङ्क्रमित देशको १६ नम्बरमा रहँदा त्यो देशमा पहिले कायम रहेको खुसीको सूचकाङ्क कहाँ पुगेको होला? यो प्रश्न हरेकले गरिरहेकै छन् । विश्वको तेस्रो खुसी देश नर्वे सङ्क्रमित देशमध्ये १३औँ स्थानको बढी सङ्क्रमण भएको देशमा परेको छ। नर्वेको खुसीमा कोरोना भाइरसको ग्रहण परेको छ। नेपालमा चीनबाट आएका एक व्यक्तिमा कोरोना सङ्क्रमण भए पनि उपचार भइसकेको छ र थप सङ्क्रमण भेटिएको छैन। खुसीको सूचकाङ्कमा नेपाल सयौँ स्थानमा रहेको छ। विश्वकै सबैभन्दा कम खुसी देश सुडानमा दुई जना सङ्क्रमित भेटिएको छ। मानिसमा बढ्दै गएको अनावश्यक भयलाई छाड्ने हो भने विश्व स्वास्थ्य सङ्गठनको सूचकाङ्कमा नेपाल यति बेला धेरै खुसी र सुखी देशमा दरिएको प्रस्ट हुन्छ।

प्रकाशित मिति : ७ चैत्र २०७६ शुक्रबार ००:००  ९ : ०७ बजे