काठमाडौं । लोकसेवा आयोगले संविधानमा व्यवस्था गरिएको समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै आदिवासी जनजातिहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। जनजाति महासंघसहितका संगठनले विरोध प्रदर्शन गरेका हुन्। जनजाति संगठनहरुले बानेश्वरतर्फ ल्याएको जुलुस माइती घरमा जम्मा भएका थिए। लोकसेवा आयोगले निजामती कर्मचारी भर्नाका लागि गरेको दरखास्त आव्हान संविधान विपरित रहेको उनट्ठीहरुको जिकिर छ।…