सर्लाही । उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि लालबन्दी–१ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा तोडफोड भएको छ। सर्पले डसेपछि उपचारका लागि ल्याइएकी हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले राति नै अस्पतालमा तोडफोड गरेका हुन्। तोडफोडबाट उपचार केन्द्रका उपकरणमा क्षति पुगेको छ। बालिकको मृत्युपछि तनावग्रस्त बनेको अस्पताल परिसरमा…