काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकूलपतिको कार्यालय घेराउ गरेका छन् । स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दवाव दिँदै अनेरास्ववियू र अनेरास्ववियू(क्रान्तिकारी)ले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थराज खनियाँको कार्यालयमा एक घण्टा घेराउ गरेका हुन् । नेपाल विद्यार्थी संघको मिलेमतोमा स्ववियू निर्वाचन टार्ने काम…