२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

नागार्जुनमा एक व्यक्ति मृत भेटिए युवा

काठमाडौँ । काठमाडौँको नागार्जुनमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । यहाँको नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित सृष्टि कोलनी नजिक सडक छेउमा काठमाडौँ बूढानीलकण्ठ बस्ने सर्लाही हरिपुर १८ वर्षीय गोरे भनिने सोम पुलामी मगर मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।