काठमाडौं । गुल्मी हुगाबाम पोखराकी मिर्गौलापीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई २ लाख ८ हजार ५ सय आर्थिक सहायता प्रदान गरिएको छ । गुल्मी घर भई वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका खिम केसी र कुँवर लईटेलले जुटाएको आर्थिक सहायता मृर्गौला पीडित बालिका भण्डारीलाई आज काठमाडौंमा एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हस्तान्तरण गर्नुभयो । दुवै…