६ असार २०८३, शनिबार | Sat Jun 20 2026

निर्मला हत्याको प्रमाण नष्ट गर्ने प्रहरीलाई कारबाही गर्न विवेकशील साझाको माग



काठमाडौं ।
विवेकशील साझा पार्टीले निर्मला हत्याकाण्डमा प्रमाण नष्ट गर्ने कार्यमा संलग्न प्रहरीलाई पक्राउ गरी अपराध संहिताको व्यवस्था बमोजिम मुद्दा चलाउन माग गरेको छ। पार्टी प्रवक्ता रमेश पौड्यालले मंगलबार विज्ञप्ति निकालेर प्रमाण नष्ट गर्ने कार्यमा संलग्न प्रहरीलाई प्रमाण नष्ट गरेको अभियोगमा तत्काल मुद्दा दायर गर्न माग गर्नुभएको हो । प्रमाण नष्ट गर्न संलग्न अधिकृत तथा विभिन्न दर्जाका प्रहरीहरुमध्ये केहीलाई बर्खास्त गरेको तथा बाँकीलाई विभागीय कारवाही गरेर मात्रै सरकारको कर्तव्य पूरा नहुने विवेकशील साझा पार्टीले बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला प्रकरणमा दोषी पक्रन बाह्र वर्ष लाग्न सक्ने’ बताएको र गृहमन्त्रीले ‘पुँजीवादका कारण बलात्कार बढेको’ उल्लेख गरेको विषयलाई विवेकशीलले अकर्मण्यताको संज्ञा दिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०७५ मंगलबार ००:००  १० : ४१ बजे