२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

परिपूरणका योजना कार्यान्वयनमा आउँछ: मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्द्वको घाउँ सधैँका लागि मेटाउनेगरी परिपूरणलगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । अमर प्रहरी परिवार र असक्त प्रहरी सङ्घ लुम्बिनी प्रदेश समितिसँगको छलफलमा मुख्यमन्त्री आचार्यले सङ्घीय सरकारले परिपुरणको कामलाई अघि बढाउने र प्रदेश सरकारले द्वन्द्व पीडितको उपचार र उद्यमशीलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताउनुभएको हो…