काठमाडौँ । रूपन्देही जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको छ। पूर्वगृहमन्त्री लामिछानेमाथि आजै थुनछेक बहस सकिएको थियो। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेललगायतले आजै बहस गरेका थिए। त्यसलगत्तै सरकारी वकिलले जवाफी बहस गरेका थिए। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले…