काठमाण्डौ । हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाण्डौ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा ह्युमपाइप राखेर मर्मत भएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । गएको असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिरोले सडक क्षतिग्रस्त भएको थियो ।…