काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक पुरूष मृत भेटिएका छन्। विहीबार बिहान गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण माइती नेपालस्थित प्रतिक्षालयमा एक पुरूष मृत भेटिएको प्रहरीले जनाएको छ। अन्दाजी ५० वर्षका देखिने मृतकको नाम र वतन खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।