काठमाडौं ।प्रिमियर लिग क्लबद्वय आर्सनल र लिभरपुल फराकिलो अन्तरको जित निकाल्दै इंग्लिस क्लबको चौथो चरणमा प्रवेश गरेको छ । आर्सनलले तेस्रो चरणमा तेस्रो श्रेणीको क्लब बोल्टन वान्डर्सलाई ५–१ ले पराजित गरेको हो । आर्सनलका लाथि एथान नवानेरीले दुई तथा डेक्लान राइस, रहिम स्टर्लिङ र काभ हाभार्टले एक–एक गोल गरे । बोल्टनका आरोन जोन कोलिन्सले एक…